लगातार बढेको सुनको भाउ आज ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

छिनोफानो   सोमबार १४, पुष २०८२ ११:२०

काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ ।

हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । हिजोको सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ भने अहिलेसम्मकै उच्च भएको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोालको ४ हजार ८ सय ३५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु