कैलालीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

छिनोफानो   आइतबार १३, पुष २०८२ १२:२४

धनगढी: कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका–२ बस्ने ८२ वर्षीया तारादेवी पाठक रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

गौरीगंगा नगरपालिका- २ झिलस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुपप्र ०२-००१ ख १३७३ नम्बरको महाकाली यातायातको बसले पैदलयात्री पाठकलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु