कञ्चनपुरबाट चोरीका राँगासहित एक जना पक्राउ

छिनोफानो   सोमबार १४, पुष २०८२ ११:२७

कञ्चनपुरः कञ्चनपुरबाट चोरीका राँगासहित एक जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अन्दाजी १ एक लाख मूल्य बराबरको २ वटा राँगासहित एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५९ वर्षीय देवललाल चौधरी रहेको प्रहरीले जनाएको छ। चौधरीलाई प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त राँगासहित उनलाई त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीमा बुझाएको जनाएको छ।

यसैगरी कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–९ मटेना जिरो पोइन्ट स्थित नहरको छेउ र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २१ हजार बराबरको सामान प्रहरीले बरामद गरेको छ। उक्त मुल्य बराबरको बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु