साफ यू-१६ च्याम्पियनसिपःनेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

छिनोफानो   सोमबार ०८, साउन २०८० ०३:५३

आगामी सेप्टेम्बर १ देखि १० सम्म भुटानमा आयोजना हुने साफ यू-१६ च्याम्पियनसिपमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार जारी गरेको खेल तालिका अनुसार समूह ए मा रहेको नेपालले पहिलो खेल बंगलादेशसँग सेप्टेम्बर ३ मा खेल्ने भएको हो । 

खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने भएको छ । यस्तै नेपालले समूहको अर्को खेल भारतसँग सेप्टेम्बर ५ मा खेल्नेछ । भुटान, माल्दिभ्स र पाकिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल सेप्टेम्बर ७ र फाइनल खेल सेप्टेम्बर १० मा हुनेछ ।

अहिलेसम्म साफ यू-१६ च्याम्पियनसिसप ७ पटक हुँदा नेपालले उपाधि जित्न सकेको छैन । चार पटक फाइनल पुगेको भारत चारै पटक भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । नेपाल एक पटक तेस्रो र एक पटक चौथो भएको थियो । एक पटक भने नेपाल संयुक्त रुपमा तेस्रो भएको थियो । गत वर्ष श्रीलंकामा भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ४-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु