माओवादी जनयुद्ध गणतन्त्र र परिवर्तन

छिनोफानो   सोमबार १४, फागुन २०८० ०२:५१

आज हामी २१ औ शताब्दीमा छौं । म मेरो देश नेपालमा जन्मेको एक मान्छे मेरो जन्मे जनयुद्ध कै आशपासमा भएको मान्छे माओवादीले नै जनयुद्धको जन्म दिएको पार्टी माओवादी कै कारणले जनयुद्ध भएको म ४९ मा जन्मे तर जनयुद्धको सुरुवात २०५२ मा भयो ।

त्यसैले माओवादी र जनयुद्ध एक साथ हिड्ने सहयात्री बने जनयुद्ध कै सुरुवात देखि अन्त्य सम्म १० बर्ष यो समय बित्यो त्यस पछि जन आन्दोलन सुरु भयो र जनयुद्ध सुरु भएको १० बर्ष पछि सामन्ती राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो ।

गणतन्त्र भनेको हरेक नेपालीको अधिकार हरेक गरिब बाहुन क्षेत्री जनजाति आदिवासी मुस्लिम महिला दलित अपाङ्ग अल्पसंख्यक सबैको अधिकार । गणतन्त्रले बोल्न सिकायो भन्न सिकायो र हरेक नागरिकलाई सहि र गलतको वकालत गर्ने सिकायो यहि त हो परिवर्तन ।

परिवर्तनको जग परिवर्तनको आधार  परिवर्तनको पिल्लर भनेको नै गणतन्त्र हो । यदि आज माओवादीको जन्म जनयुद्धको थालनी र गणतन्त्रको स्थापना नभएको भए थुप्रै करिब ५०५ नागरिक अधिकार बिहिन हुन्थे होला त्यसैले नै हो आज माओवादी जनयुद्ध र गणतन्त्र भनेको नै परिवर्तन हो। आज राजधानीमा भएका सिंहदरबार हरु गाउँ गाउमा आएका छ्न आज राजधानीले गर्नु पर्ने काम आम नागरिकको आँखा अगाढी हुन पाइएको छ ।

यहि त हो गणतन्त्रको उपलब्धि यहि त हो परिवर्तन ।आजको यो सुन्दर ब्यबस्थाको जनन्नी माओवादी र जनयुद्ध हो । यो देश परिवर्तनमा थुप्रै समय र काल खण्डमा थुप्रै ब्यक्तिले नेतृत्व गरेकै हुन तर पनि देश परिवर्तनमा कहि कतै बाट परिवर्तनको आधार देखिएको इतिहास छैन। हामी २००७ साल देखीको आन्दोलन पढ्छौ अनुभव गर्छौ तर परिवर्तनमा केही शब्द चयन भएका छ्न तर वास्तविक जनताका आवस्यकता अधिकारको बारेमा खुल्ला र कानुनी अधिकार प्राप्त गरिएको पाइएको छैन। 

तर बर्तमान ब्यबस्थाले मुलत सबै अधिकारलाई आत्मसात गर्दै यी अधिकारहरु जनताको हरेक जिबनिमा लागू गर्ने गरि अधिकार दिइएको छ। यहि त हो गन्तव्यमाको सुन्दर पक्ष गणतन्त्रको उपलब्धि  माओवादीको आन्दोलन र परिवर्तनको जग।आज थुप्रै युवा हरुलाई थाहा छैन माओवादी जनयुद्ध गणतन्त्र र परिवर्तन किन कि जब यो देशमा माओवादीको गठन भयो जब यो देशमा जनयुद्ध सुरु भयो त्यो भन्दा पछाडी जन्मेका युवाहरुलाई माओवादी जनयुद्ध र गणतन्त्रको मुल मर्म मुल उदेश्य र मुल लक्ष्य के हो थाहा छैन होला ।

युवा परिवर्तनका सम्बाहक हुन युवालाई के जनचेतना के त युवालाई माओवादी र जनयुद्धको शिक्षामा जोड्न जरुरी छ किन कि शिक्षा नै त्यस्तो पाठ्यक्रम हो जस्ले सहि र गलतलाई छुट्याउन मदत गरेको हुन्छ । कतिपय अझै सामन्तीहरुका बिउहरु जिवित भएको कहि कतै देखिएको हेर्न र सुन्ने अवसर मिलेको छ तर म भन्छु कि यदि यो ब्यबस्था मन पर्दैन भने यहि ब्यबस्था बाट बनेका वडा सदस्य वडा अध्यक्ष गाउँपालिका अध्यक्ष उपाध्यक्ष मेयर उपमेयर सभासद प्रदेश प्रमुख थुप्रै नियुक्ति बाट राजिनामा दिएर आफुले चाहेको ब्यबस्थाको लागि लडाइ लड्न अनुरोध गर्दैछु ।

यो ब्यबस्था ल्याउनमा आज वीर नेपाली अम्मर नेपाली सहिद नेपाली १७ हजारको रगत बगेको छ आज हाम्रो माझमा नभएर पनि यो ब्यबस्था जिवित भए सम्म उहाँहरु सधै अम्मर रहनेछ्न। आज यहि ब्यबस्थाले गर्दा गणतन्त्रको सुन्दर बगैंचामा थुप्रै कोपिलाहरु फलेका छ्न। आज बालेन हर्क गोपि लगायतका थुप्रै सुन्दर फुलको उत्पादन नै यही गणतन्त्र हो त्यसैले माओवादी जनयुद्ध गणतन्त्र भनेको नै परिवर्तन हो परिवर्तनको जग नै माओवादी जनयुद्ध  र गणतन्त्र हो 
करन साँउद 
सुदुरपश्चिम प्रदेश कमिटी सदस्य 
नेकपा माओबादी केन्द्र 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु