डेउडा गायक लक्ष्मण बोगटी भन्छन : छाडा गितले स्थान लिदा अन्य सृजना ओझेलमा परे

पवन भण्डारी   बुधबार १६, फागुन २०८० ०४:००

धनगढी । करिब तिन दशक जति डेउडा गित संगीत क्षेत्र लाई जर्गेना गर्नका लागी लागी रहेका गायक हुन लक्ष्मण बहादुर बोगटी । अछामको  पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानमा जन्म भएका बोगटी गायन ,अभिनय सँगै शब्द लेखनमा समेत अब्वल मानिन्छन । उनले भारतमा बसेर अध्यान गर्नेक्रममा हिन्दी चलचित्र मृत्यु दण्डमा अभिनय (२०५५) सालमा अभिनय गर्नु भएको थियो । 

कला सस्कृती प्रति सानै देखि रुची रहेका बोगटीले पहिलो देउडा एल्बम–निकि छौक्या मैना चडि (२०५८)रेडियो नेपाल बाट रेर्कड गरायका थिए । गायक बोगटीको उक्त गितको सफता पछि उनले लगत्तै चर्चित डेउडा भाका बम्बै बग्या आशु बजारमा ल्याउनु भयो ।  

लय,शब्द,स्वर दिएका गितहरु एक पछि अर्को चर्चित बन्दै गईरहे पछि आफुलाई अझै डेउडा गितको जर्गेनामा लाग्नु पर्ने साहस आएको गायक बोगटीले बताए । उनले भने मैले तेस पछि लगायतार चर्चित चर्चित गितहरुमा अभिनय समेत गरे । मैले अभिनय गरेका गितहरु तु माइत जनजायइ,बम्बै बग्या आँसु,बस मैना चरी,देखादेख धेरै दिन भयो,राता रिबनमा,हुम्ला जुम्ला कालीकोट लगायतमा अभिनय गरे  । 

आफुले हाल सम्म १५ भन्दा बढी गितहरुमा अभिनय गरेको बताउदै भने ७० गितहरुमा मै शब्द समेत कोरेको छु । भारतबाट अर्थसास्त्र बिषयमा एम ए समेत गरेका बोगटी हाल कुमारी बैंकमा कार्यरत रहेका छन । पछिल्लो समय डेउडा गित संगीतमा छाईरहेको छाडा प्रथाको उनले खुलेरै बिरोध गरे । उनले भने गित समाजमा हेर्ने र सुन्ने खालको चल्दैन अहिले जे पायो त्यहि गित गायो भने  चर्चा कमाउन सजिलो हुन्छ भने गाउन थाले यसले समाजमा बिकृती फैलायको छ । 

डेउडा सस्कृती जर्गेनाका लागी आफु लागी परेको भएपनि नामका संघ संगठनहरुले पार्टि र आफन्त हेर्दा दुःख लागेको उनले बताए । यहाँ अर्वाड कस्ले जित्छ जस्ले पैशा बढि दिन्छ यहाँ कला गलाको सम्मान हुदैन हुन्छ त केवल पैशाको सम्मान हुन्छ । करिब ३ दसक यो क्षेत्रमा आफुले लगातार रुपमा आफनो ज्ञान सिप अनुसार काम गरिरहेको छु तर हाल सम्म मैले गरेको कामको मुंल्यांकन कुनै संघ सस्थाले गरेन् । मैले डेउडा लाई चिने, डेउडाले मलाई चिनेन यो सब पछिल्लो राजनैतिक घटनाक्रमले हो । 

डेउडामा छाडा गित गाउने लाई सम्मान गर्ने समाजमा अब राम्रो गित लेख्ने  र गाउनेको काम छैन उनले भने । आफुले थारु चलचित्र –मोर बस्तीमा समेत गित लेखेको र सो मा अभिनय गरेको बताए । खेलकुद तिर रुचि राख्ने बोगटी जिल्ला र अञ्चल का बिभिन्न खेलहरु मा सहभागी भएका भएका थिए । बोगटीको पछिल्लो समय पश्चिम नेपाल र मायाको संसार गित  अहिले बजारमा रहेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु