सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ नाघ्यो : चाँदी तोलाको ५ हजार नजिक

छिनोफानो   आइतबार २७, पुष २०८२ ०१:४३

काठमाण्डौ – सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि पनि गएको पुस १३ गते सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको चार हजार ९ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ रहेको थियो । 

 

अन्तिम अपडेट: पुस २७, २०८२

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु