काठमाण्डौ – सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ ।
भाउ बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस