सुनको भाउ आज एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्यो : तोलाको २ लाख ९५ हजार नाघ्याे

छिनोफानो   बुधबार ०८, माघ २०८२ ०२:५५

काठमाण्डौ – सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।

सुनसँगै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ थियो ।

विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको विश्लेषण गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु