सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो

छिनोफानो   आइतबार ०३, फागुन २०८२ १२:५७

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ बढेको छ । सुन आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेकोमा आज बढेर तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । अस्ति शुक्रवार तोलाको ५ हजार रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु