सुनचाँदीको मूल्य आज पनि बढ्यो

छिनोफानो   मङ्गलबार २९, पुष २०८२ १२:२१

काठमाडौँ  । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक तोला सुनको मूल्य दुई लाख ७६ हजार पाँच सय  र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।

गत आइतबार प्रतितोला  दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा  चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु. ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु. पाँच  हजार १९५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु