पत्रकार हरिस सिंह प्रपालाले खोले धनगढी तारानगरमा ‘किङ्ग हिल्स गार्मेन्ट’,२५ जनाले रोजगारी पाउने

छिनोफानो   शनिबार ३०, फागुन २०८२ ०२:१७

कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित एक्सिस प्लस टु कलेज नजिकै पत्रकार हरिष सिह प्रपालाले स्थापना गरेको ‘किङ्ग हिल्स गार्मेन्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। गार्मेन्ट उद्योगको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र पूर्व अध्यक्ष पुष्पराज कुँवरले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको वर्तमान समयमा उद्योग सञ्चालन गरेर देशमै केही गर्ने प्रपलाको अठोट प्रशंसनीय भएको बताए। उनले उद्योगको सफल सञ्चालनका लागि शुभकामना समेत व्यक्त गरे। त्यसैगरी, संघका पूर्व अध्यक्ष कुँवरले यस प्रकारका उद्योगहरूको स्थापना हुँदै जानु सकारात्मक संकेत भएको उल्लेख गर्दै स्थानीय युवाहरूलाई रोजगारी सिर्जना हुनु महत्वपूर्ण पक्ष भएको बताए।

उनले उद्योगको दीर्घकालीन सफलताको कामना गरे। गार्मेन्ट उद्योगका सञ्चालक तथा एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हर्क सिह प्रपाला (हरिष)का अनुसार करिब ४० लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो। लामो समयदेखि पत्रकारितामा सक्रिय प्रपालाले देशको चुनौतीपूर्ण अवस्थाबीच पनि केही उत्पादनमूलक काम गर्नुपर्ने सोचका साथ गार्मेन्ट उद्योग स्थापना गरिएको बताए।

उनका अनुसार उद्योगले विशेषगरी विद्यालयका लागि आवश्यक स्कुल ड्रेस, राष्ट्रिय पोशाक (दौरा–सुरुवाल) लगायत विभिन्न प्रकारका गुणस्तरीय कपडाहरू उत्पादन गर्ने लक्ष्य लिएको छ। पत्रकारितासँगै उत्पादनमूलक व्यवसायमा पनि जोडिनुपर्ने सोचले गार्मेन्ट सुरु गरिएको उनले बताए। हाल उद्योगमा ३५ वटा मेसिन सञ्चालनमा रहेका छन् भने उद्योगमार्फत २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ।

सीप भएका तर रोजगारी नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिएर कामको अवसर प्रदान गरिएको सञ्चालक प्रपालाले जानकारी दिए। साथै उद्योगको उत्पादन बिभाग प्रमुखमा बिगत लामोसमय देखि यो क्षेत्रमा अनुभव प्राप्त केशब सिह बिक रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु