कैलाली-२ का स्वतन्त्र उम्मेदवार रावलकाे बेलुकाको थकान मेटाउने चुनावी खर्च…

छिनोफानो   बिहिबार २८, फागुन २०८२ १२:०१

धनगढी । आमनिर्वाचनमा सहभागी उम्मेदवारहरुले चुनावमा भएको खर्च विवरण बुझाउन थालेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताबमोजिम दफा ८० को उपदफा २ र ३ बमोजिम बुझाइएका विवरण ‘अधिकांशको बिरालो बाँधेर श्राद्ध’ गरेको उखान झैँ देखिन्छ ।

खर्चको शीर्षक,कार्य परिमाण र खर्चको रकमले कुनै वास्तविकता नदेखाएको कतिपयको बुझाइ छ । सोही क्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार दिपक रावलले हिजो निर्वाचन कार्यालय कैलालीमा बुझाएको विवरणमा ‘स्वयमसेवक साँझपख शीर्षक’ उल्लेख छ ।

शीर्षकलाई थप प्रष्ट पार्दै साँझपख प्रयोग भएका मादक पदार्थहरु ८८४८, भोड्का,लोकल रक्सीको नाम लेखिएको छ ।

१५ दिनसम्म थकान मेटानको लागि ती मादक पदार्थको प्रयोग गरिएको कार्य परिमाणमा र ४५ हजार पाँच सय रुपैयाँ खर्चको रकम उल्लेख छ ।

उनको कूल खर्च भनिएको २ लाख ३६ हजार पाँचसयमध्ये थकान मेट्नमा २० प्रतिशत रकम प्रयोग भएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु