निर्वाचन आयोग द्वारा मत परिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश

छिनोफानो   शुक्रबार ०६, चैत २०८२ ०६:३१

 निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मत परिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ  । 
बिहीवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो  ।

समारोहमा निर्वाचन आयोगका आयुक्तद्वय डाक्टर जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको पनि उपस्थिति रहेको थियो  । त्यसैगरी आयोगका सचिव कृष्णबहादुर राउत लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो  ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र संवद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु