फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
सम्मानित जिल्ला अदालत कैलालीका विभिन्न मितिका फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई प्रहरी टोलीले मिति २०८२ चैत ६ गते पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दामा १ महिना २५ दिन कैद सजाय तोकिएका कैलाली जिल्लाको टिकापुर नगरपालिका–१ पशुहाट बजार बस्ने २८ वर्षीय युवराज थापा रहेका छन्।
त्यसैगरी, जबरजस्ती करणी मुद्दामा ३ लाख रुपैयाँ जरिवाना तोकिएका कैलालीको बर्दगोरिया गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजेश डगौरा पनि पक्राउ परेका छन्।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिकृया दिनुहोस