म को हुँ ?

छिनोफानो   शनिबार २७, कार्तिक २०७८ ०१:२९

म को हुँ ? कविता ए !

मान्छेहरु हो भनी दिनुहोस् म को हुँ ?

मैले छोएको पानी चल्दैन म मन्दिर भित्र पसे देउता रिसाउछन मैले हिडेको बाटो अछुत हुन्छ ।

आखिर म को हुँ ?

तपाईंले हेर्ने आकाश मैले हेर्ने आकाश एउटै होइन र तपाईंले गाउने गित मैले गाउने गित एउटै होइन र तपाईंले गर्ने प्रेम मैले गर्ने प्रेम एउटै होइन र तपाईंले लिने हावा मैले लिने हावा एउटै होइन र तपाईंले पिउने पानी मैले पिउने पानी एउटै होइन र ।

तपाईंको शरीरमा बग्ने रगत मेरो शरीरमा बग्ने रगत एउटै हो तपाईंले टेक्ने जमिन मैले टेक्ने जमिन एउटै होइन र ।।

तपाईंले बाच्ने जीवन मैले बाच्ने जीवन एउटै होइन र तपाईंले पुज्ने भगवान मैले पुज्ने भगवान एउटै होइन र तपाईंले देख्ने संसार मैले देख्ने संसार एउटै होइन र ।।

आखिर कसरी भयो फरक मैले छोएको पानी नचल्ने म मन्दिरमा गए देउता रिसाउने ए !

मान्छेहरु हो भनी दिनुहोस् म को हुँ ?

तिमी बोल्छौं म बोल्छु तिमी देख्छौं म देख्छु तिमी हास्छौं म हास्छु तिमी रुन्छौं म रुन्छु तिमी हिड्छौं म हिड्छु तिमी मर्छौं म मर्छु आखिर हामीमा फरक के छ ?

म मान्छे हो यदि होइन भने म को हुँ ?

नाम : अर्जुन लुहार

ठेगाना : रामारोशन गाउँपालिका अछाम

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु