हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० १२:२८

 हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन भएको हाँस्य टेलीश्रीखंला नसानाडी सोमबार सार्वजनिक भएको हो । 

समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी उक्त टेलीश्रीखंला निर्माण गरिएको बताइएको छ ।

टेलीश्रीखंलाकोे कथा/पटकथा/सम्बाद/लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका छन् भने, भिडियो छायाँकन तथा सम्पादन चाँही दिपेन्द्र वली र बिष्नु भण्डारीले गरेका छन् । उक्त टेलीश्रीखंला देउराली क्रेसन नामकको यूटुब च्यानलबाट प्रसारण गरिएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने गरी नसानाडी टेलीश्रीखंला सार्वजनीक गरिएको छ ।

टेलीश्रीखंलामा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ । सोको ओपनिङ गितमा स्वर संगीत/संगीत संयोजन बसन्त साधकले गरेको छन्  भने, फिमेल आवाज निसा दहितले दिएकी छिन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु