नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा : (सूचीसहित)

छिनोफानो   आइतबार ०५, मङि्सर २०७८ ०८:३१

नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मंसिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ ।

प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ । त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा रहेका वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

हेर्नुस् सरुवा सूची

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु