बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा

छिनोफानो   आइतबार ०५, मङि्सर २०७८ ०८:३५

गत कात्तिकको बेमौसमी बाढी पहिरोका कारण अवरुद्ध बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो ।

बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।

राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रक र यात्रुवाहक बस बाहेकका साना यातायातका साधन वारपार गर्न सक्ने बनाइएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन । यस्तै जालेबगरमा सडक भएको ठाउँमा नदी बग्न थालेपछि नदीलाई डाइभर्ट गरेर अस्थायी रुपमा वैकल्पिक सडक बनाइएको छ ।

बाढी पहिरो आएको एक महिनासम्म पनि सडक नखुलेपछि स्थानीयवासी आक्रोशित थिए । सडक सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका काम समेत प्रभावित बनेका छन् । बजारमा महँगी बढेको छ भने व्यापारीले समेत कृत्रिम अभाव सिर्जना गरेको स्थानीयवासीको आरोप छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु