डोटीमा जीपबाट खसेर एक बालिकाको मृत्यु

छिनोफानो   आइतबार ०५, मङि्सर २०७८ ०९:०६

डोटीमा जीपबाट खसेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका ८ की १५ वर्षीया आशा विकको दिपायलबाट डडेल्धुरा जानेक्रममा से १ज ७१६ नम्बरको जीपबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ।
 टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी विकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालक डडेल्धुराको अमरगढी नगरपालिका -१ का ३० वर्षीय खडकबहादुर ऐर जीपसहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराको नियन्त्रणमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु