दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

छिनोफानो   आइतबार ०५, मङि्सर २०७८ ०३:३६

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ ।

‘चालक दलका चार जनासहित ३९ जना सवार रहेको बस पट्टा भाँचिएर दुर्घटना भएको हो’, जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले भने । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस गए राति लमही नगरपालिका–३ मा साढे दुई बजे दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु