जनउत्थान सामुदायिक लघुबित्तीय सस्थाद्धारा कृष्णपुर नगरपालीकाका बाढी पिडित नागरिकलाई राहात बितरण

पवन भण्डारी   सोमबार ०६, मङि्सर २०७८ ०९:०९

पवन भण्डारी : गत महिनामा आएको बेमौसमी बर्षाका कारण पिडित बनेका कञ्चनपुरको कृष्णपुर नगरपालीका ७ रैकवार बिचवाका स्थानीय लाई जनउत्थान सामुदायिक लघुबित्तीय सस्था लिमिटेडले राहात बितरण गरेको छ । सस्थाले सो क्षेत्रमा रहेका आफना ७ सय भन्दा बढि पिडित शेर सदस्य लाई राहात बितरण गरेको हो । 

बेमौसमी बर्षाैका कारण बर्ष भरि लगायको अन्न बाली बाढीले बगाउदा पिडीत बनेका स्थानीयको पिडामा केही राहात पुगोस भन्ने उद्येश्यका साथ सस्थामा रहेका शेर सदस्यहरु लाई खाद्यन्न सामाग्री बितरण गरेको हो ।

प्रदेश सरकार र स्थानीय सरकारले जनताको घर दैलोमा पुगेर राहात दिन नसकेको अवस्थतामा सस्थाले राहात बितरण गर्दा स्थानीय हर्षीत बनेका छन । उनिहरुले आफुहरुको यो बिपत्तीमा सस्थाले गरेको यो राहातले धेरेै खुसी स्थानीय सबिता रोकायाले बताईन  । उनले सरकारले गर्न नसकेको काम लघुबित्त सस्थाले गरेको बताईन । 


स्थानीय तथा प्रदेश सरकारले क्षति पुर्ती दिने आश्वासन दिएको भए पनि अहिले सम्म कहि कतै बाट राहात उपलब्ध हुन नसकेको स्थानीय शर्मीला पन्तले गुनाँसो गरिन । उनिहरुले आफुहरुको क्षती धेरै भएको भएपनि सस्थाले गरेको यो सानो सहयोगले सरकार लाई समेत गिज्याई रहेको बताईन । 


आफुहरुले पिडामा परेका सबै स्थानीयहरु लाई राहत दिने लक्ष्य रहेको भएपनि तत्कालका लागी शेर सदस्यहरु लाई मात्र राहात दिन सकेको जनउत्थान सामुदायिक लघुबित्तीय सस्था लिमिटेडका सञ्चालक समिती अध्यक्ष बाबुराम बिश्वकर्माले बताए । 


बेमोसमी बाढीबाट पिडीत नागरिकसामु सरकार पुग्न नसकेको अवस्थामा लघुबित्तीय सस्था लिमिटेडले राहात बितरण गर्नु निकै राम्रो पक्ष हो ।  सानो राहात भएपनि पिडामा परेका नागरिकलाई मलम लगाउने कामले नागरिकहरुको पिडामा केहि राहात बनेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु