भुपेन्द्र हत्या प्रकरणमा फरार रहेका प्रहरीका इन्स्पेक्टरका भाइ इटहरीबाट पक्राउ

छिनोफानो   सोमबार ०६, मङि्सर २०७८ १२:४४

 कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा फरार रहेका प्रहरीका इन्स्पेक्टरका भाइ मदन शाही पक्राउ परेका छन् ।

उनी इटहरीबाट पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । उनलाई केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी जनाएको छ । गएको साता टीकापुरामा भुपेन्द्रको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ ।

धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई सार्वजनिक गरिएको छ । यसअघि पक्राउ पर्नेहरु लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु