सुदूरपश्चिमका ३८० वडामा माओवादी केन्द्रले नयाँ नेतृत्व छान्यो

छिनोफानो   सोमबार ०६, मङि्सर २०७८ ०३:२०

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३ सय ८० वडामा सम्मेलन सम्पन्न गरेको छ । ८८ स्थानीय तहका कुल सात सय ३४ वडा रहेको सुदूरपश्चिममा तीन सय ८० मा वडा सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष शरदसिंह भण्डारीले आइतबारसम्म तीन सय ८० वडामा सम्मेलन सम्पन्न गर्दै सर्वसम्मत रुपमा वडा कमिटि चयन गरिएको जानकारी दिए ।

भण्डारीका अनुसार कैलालीका एक सय २३ वडामा अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी समेत गरेर दुई हजार चार सय ७४ सदस्यीय कमिटि चयन गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु