प्रधानन्यायाधीश जबरालाई हटाउन माग गर्दै सभामुख लाई ज्ञापनपत्र

छिनोफानो   सोमबार ०६, मङि्सर २०७८ ०४:०६

 नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन माग गर्दै सभामुख र राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

आज दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाइने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच दलको संसदीय दलको कार्यालयमा पनि ज्ञापनपत्र बुझाइने छ । उनीहरुलाई ३ बजेसम्म बुझाइने उनले बताए ।

‘प्रधानन्यायाधीश भष्ट्र, विचौलियाको नाइके हुँदाहुँदै पनि यहाँहरुले किन संरक्षण गर्दै हुनुहुन्छ ?, दलहरुको आफ्नो दायित्व किन निर्वाह गर्दैनन् ?’, श्रेष्ठले भने, ‘न्यायपालिका भनेको राज्यको अङ्ग होइन ? किन बेवास्था हुँदैछ । उनलाई तत्काल हटाउन माग गर्दै ज्ञापन पत्र बुझाउँछौ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु