झन् ‘शक्तिशाली’ बन्दै ओली

छिनोफानो   शुक्रबार १०, मङि्सर २०७८ ०८:२७

 नेकपा विभाजन भयो । एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो । झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन् ।

त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’ को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त ? भन्ने प्रश्न यसले उब्जाएको छ ।

पार्टी नेताहरू ओलीकै पक्षमा खुलिरहेका छन् । ‘यो अवस्थामा अध्यक्षमा केपी ओलीको विकल्प हुने कुरै भएन । अहिलेको परिस्थितिमा ओली एमालेका लागि मात्रै होइन, देश र जनताका लागि आवश्यक हो’, एमाले नेता सुवास नेम्वाङ भन्छन्, ‘सर्वसम्मत हुनु पर्‍यो भन्ने नै हो । तर, भएन भने त चुनावमा जानै पर्‍यो नि !’

नेता नेम्वाङले चुनौतीको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टीमा एकताको सन्देश जाने बताए । अन्तिमसम्म सहमतिकै प्रयास हुने, नत्र ‘लोकतान्त्रिक विधिमा जान सकिने’, प्रतिक्रिया दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु