कस्तो रहला आजको मौसम ?

छिनोफानो   मङ्गलबार २९, भदौ २०७८ ११:४९

देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भुभागमा शुक्रबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भेगमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि पूर्वी र मध्य भूभाग लगायात पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली नै रहने महाशाखाले उल्लेख गरेको छ ।

पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागका केही स्थानमा राति पनि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु