६३ अंकले बढ्यो नेप्से, वैकिङ्ग उपसूचकमा वृद्धि

छिनोफानो   मङ्गलबार २०, पुष २०७८ ०४:५५

कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा व्यापक सुधार आएको छ । मंगलबार बजार परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यसअघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।

मंगलबार धेरै सेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

मंगलबार धेरै घट्नेहरूमा डिबेञ्चरहरू देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु