धनगढी उपमहानगरपालिकाले ल्यायो आर्थिक वर्ष २०७९/८० लागि १ अर्ब ८३ करोडको बजेट

छिनोफानो   शुक्रबार १०, असार २०७९ ०६:२२

धनगढी उपमहानगरपालिका ले आगामी आर्थिक वर्ष २०७९÷८० लागि एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाको सभा हलमा आयोजना गरिएको नगरसभामा उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार अनुमति रकम आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको हो । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलब ३० प्रतिशत रकम वित्तिय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड छ लाख ३१ हजार आठ सय ९७ रकम थप गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २६ करोड ८८ लाख ४६ हजार कर संकलन गर्ने अनुमान गरेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु