नेकपा अछामको चौरपाटि गाउँपालिकाका कर्मचारी संग राजनितिक भेटघाट कार्यक्रम सम्पन्न

छिनोफानो   बिहिबार १४, असोज २०७८ ०६:४१

 कमल विक, अछाम 
                             बिप्लब नेतृत्व को  नेकपा अछामले चौरपाटि गाउँपालिका अछामका कर्मचारीहरु सँग राजनितिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। नेकपा अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा उक्त कार्यक्रम सम्पन्न गरेको हो। 

अभियान निरन्तरता संगै अखिल क्रान्तिकारीले पनि अछामका विभिन्न विधालयमा संगठन बिस्तारका कामहरूलाई तिब्र रुपमा अगाडी बढाएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामका सचिवालय सदस्य निरक शाहीले कर्मचारी तन्त्र दलाल पुँजीवाद बाट उत्पीडनमा परेको हुँदा यसबाट मुक्त हुन बैज्ञानिक समाजवाद एक मात्र विकल्प रहेको कुरा बताउनु भएको थियो।

देशको मेरुदण्डको रुपमा रहेको कर्मचारी तन्त्रले स्वतन्त्र रूपमा कामगर्न पाउनुपर्ने भन्दै कर्मचारीको मुक्तिका निमित्त वैज्ञानिक समाजवाद अपरिहार्य रहेको बताउनु भएको हो। जनतालाई व्यक्ति र पार्टी चुन्ने चुनाव भन्दा एक पटक ब्यवस्था चुन्ने आधिकार दिनुपर्ने बताउनु भएको छ।

बर्तमान दलाल संसदीय व्यवस्था देशमा असफल भइसकेको हुँदा प्रगतिशील संयुक्त सरकारले गर्ने जनमत संग्रह मार्फत बैज्ञानिक समाजवाद लागुगर्नुपर्ने बताउनु भएको छ।उक्त कार्यक्रममा अतिथिको रूपमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रमेश वि सि , चौरपाटी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमल साउद लगाएतका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

युवा संगठन नेपाल अछामका अध्यक्ष सुशिल साउदले सञ्चालन गर्नुभएको कार्यक्रको अध्यक्षता चौरपाटी गाउँपालिकाका ईन्चार्ज करण साउदले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु