चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्बको जुत्ताचप्पल आयात

छिनोफानो   शुक्रबार १४, असोज २०७९ ०६:१४

काठमाडौँ —  चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको जुत्ताचप्पल आयात भएको छ । साउन र भदौ महिनामा ३४ लाख ७० हजार ८३२ जोर जुत्ताचप्पल आयात गरिएको भन्सार विभागको तथ्यांक‌ छ । विभिन्न खेलकुदसँग सम्बन्धित ४३ करोड ८३ लाख ५५ हजार रुपैयाँ बराबरको ८ लाख ५६ हजार ७९२ जोर जुत्ताचप्पल आयात गरिएको  छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ करोड ६० लाख ७१ हजार रुपैयाँ बराबरको ८६ हजार ९०६ जोर जुत्ताचप्पल निर्यात भएको थियो । यस्तै खेलकुदसँग सम्बन्धित १३ करोड ६७ लाख ६० हजार रुपैयाँको ३ लाख २४ हजार ४३९ जोर जुत्ता निर्यात भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको साउन–भदौमा ६७ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको ३९ लाख ९० हजार १६५ जोर जुत्ताचप्पल भित्रिएको थियो । यस्तै खेलसँग सम्बन्धित ३८ करोड ५ लाख २६ हजारको ९ लाख ५५ हजार ९४८ जोर जुत्ताचप्पल भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको ५३ हजार ७२९ जोर जुत्ताचप्पल निर्यात भएको थियो । यस्तै खेलकुदसँग सम्बन्धित १२ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको ३ लाख ८१ हजार ६०८ जोर निर्यात भएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु