तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

  मङ्गलबार २९, कार्तिक २०७९ १२:४५

काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज प्रतितोला एक हजारले सुनको मूल्यमा वृद्धि भएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० कायम छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेको छ । आज चाँदी तोलामा एक हजार ३२५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु