सोमबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  सोमबार १२, मङि्सर २०७९ १२:३२

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्मस्थिर रहेको सुनको मूल्य सोमबार आइपुग्दा घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदी पनि सस्तिएको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको हो । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य एक हजार दुई सय ९५ रुपैयाँ पुगेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु