नेकपा अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासनमा दियो धर्ना

छिनोफानो   मङ्गलबार १९, असोज २०७८ ०५:१६

कमल विक अछाम 
  नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्ला प्रशासन कार्यालय अछाममा नेपाल सरकार र नेकपा बिच २०७७ फाल्गुन २१ गते भएको ३ बुदे सहमति कार्यान्वयन गर्न माग गर्दै धर्ना दिएको छ। नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको निर्णयअनुसार सोमबार अछाम लगाएत देशभर नै कर्यक्रम सम्पन्न भएका छन् ।
     तीन बुँदे सहमति कार्यान्वयन गर। झुट्टा मुद्दा खारेज गर। राजजबन्दीहरु रिहाई गर। प्रगतिशील संयुक्त सरकार गठन गर। जनतालाई जनमत संग्रहको अधिकार प्रदान गर। लगाएतका मागहरु लेखिएको ब्यानर सहित उपस्थित भएका नेकपाका नेता कार्यकर्ता हरुले प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।
    नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टी संग तीन बुँदे सहमति गरेको करीब ८ महिना हुँदा सम्मपनि सरकारी पक्षबाट कार्यान्वयन हनुपर्ने प्रतिबन्ध फुकुवा बाहेक अन्य कुनै बुँदा क्रियान्वयन भएका छैनन्। विद्रोही पक्षसंग भएको सहमति  कार्यान्वनमा सरकार उदासिन देखिएकोले देशमा पुनः विद्रोह हुने खतरा उत्पन्न भएको छ। यस विषयमा सरकार गम्भिर भएर कार्यान्वयन गर्नु पर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु