कैलाली भन्सार कार्यालय द्धारा वार्षिक लक्ष्यको झण्डै ५५ प्रतिशत राजस्व असुली

छिनोफानो   सोमबार १५, जेठ २०८० ०१:३४


कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९ र ८० को वैशाख महिना सम्म ६ अर्ब ७९ करोड ८२ लाख ८४ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० महिनामा जम्मा ५५ प्रतिशत राजस्व संकलन गरेको छ । 
गत आर्थिक वर्ष २०७८⁄७९ मा ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार लक्ष्य रहेकोमा (८१ प्रतिशत ) ९ अर्ब ५८ करोड २६ लाख ५० हजार राजस्व संकलन भएको थियो । सुदूरपश्चिम प्रदेशमा राजस्व संकलन हुने मुख्य नाका कैलाली भन्सार कार्यालय हो । तर गत आर्थिक वर्ष २०७८⁄७९ को आङ्कणा अनुसार  चालु आर्थिक वर्ष २०७९⁄८०मा लक्ष्य भन्दा कम राजस्व संकलन भएको अनुमान कैलाली भन्सार कार्यालयले गरेको छ ।
कैलाली भन्सार कार्यालयबाट सबै भन्दा बढी पेट्रोलियम पदार्थको आयात हुने गरेकोमा यस वर्ष भने पेट्रोलियम पदार्थको आयात निकै कम मात्रामा भएको छ । तर निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयको दाबी छ ।कैलाली भन्सार नाकाबाट पेट्रोलियम पदार्थ,कपडा,मोटरपार्टस,हार्डवेरकासामान,चामल,गँहु,पापड,भुजिया,दामोठ,बिस्कुट,आलु जस्ता खाद्य वस्तुहरुको आयात धेरै हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु