जनता समाजवादी पार्टीलाई चार वटा मन्त्रालय

छिनोफानो   मङ्गलबार १९, असोज २०७८ ०५:४६

जनता समाजवादी पार्टी, नेपालले चार वटा मात्रै मन्त्रालय पाएको छ । अहिले अपरान्ह बसेको जसपाको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले आफ्नो पार्टीले चार वटा मात्रै मन्त्रालय पाएको जानकारी दिए ।

उनले भने,‘आज विहान बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकमा मन्त्रालय भागबण्डा मिलेको छ । हाम्रो भागमा चार वटा मन्त्रालय परेको छ। ती चार वटा मन्त्रालय भनेको भौतिक पूर्वाधार, कृषि विकास मन्त्रालय, संघीय मामिला र वन मन्त्रालय परेको छ ।’

पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै भएकोले कसलाई सरकारमा पठाउने भन्नेबारे निर्णय नभएको सुनाए । उनले भने,‘यहाँ हामी २१ जना छौं । मन्त्रालय चार वटा छ । सबैलाई बनाउन त सकिँदैन् । साथीहरुले आफ्नो धारणा राखेको छ ।’ पार्टीले मन्त्री पठाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको पनि यादवले सुनाए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु