शुक्लाफाँटा नगरपालिकामा ८८ करोड ७ लाख बजेट विनियोजन

छिनोफानो   शुक्रबार ०८, असार २०८० ०१:४५

शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ८८ करोड ७ लाख ९६ हजार २ सय रुपैयाँ विनियोजन गरेको छ । बिहीबार नगरपालिकाले १४ औं नगर सभाको अधिवेशनबाट उक्त बजेट पारित गरेको हो । चालु आर्थिक वर्षको जम्मा आय ७१ करोड ९९ लाख ५६ हजार ९ सय ७९ रुपैयाँ मध्ये जेठ मसान्तसम्म चालु खर्चतर्फ ३० करोड २४ लाख ३७ हजार ८ सय ९७ रुपैयाँ र पूजिगत खर्चतर्फ ९ करोड ३ लाख ९४ हजार ३ सय २३ रुपैयाँ गरि ३९ करोड २८ लाख ३२ हजार २ सय २० रुपैयाँ रहेको छ।बाँकी रकम मध्ये २०८० असार मसान्तसम्म चालु र पूँजीगत खर्च हुने अनुमान गरिएको छ । 

नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ मा चालु र पूँजीगत खर्च गरि जम्मा ८८ करोड ७ लाख ९६ हजार २ सय रुपैयाँ व्यय हुने अनुमान गरिएको छ। नगर सभा सदस्य भुमा चन्दले नगरसभामा पेश गरेको आर्थिक विधेक २०८० र वडा नं. १२ का अध्यक्ष तथा नगरसभा सदस्य नवलसिंह रानाले नगरसभामा पेश गरिएको विनियोजन विद्येक सर्वसहमतीबाट पारित गरिएको छ ।  

यसैगरी, वडा नं. ९ का अध्यक्ष रमेशबहादुर ऐरले स्वास्थ्यतर्फका कर्मचारी व्यवस्थापन सम्बन्धि प्रस्ताव, वडा नं. १० का अध्यक्ष लालबहादुर ऐरले करार कर्मचारी व्यवस्थापन सम्बन्धि प्रस्ताब, वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्टले नगर शिक्षक व्यवस्थापन प्रस्ताव नगरसभामा पेश गरेका थिए ।

यस्तै,  वडा नं. ३ का अध्यक्ष नरेन्द्रबहादुर चौधरीले आव२०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा प्रस्ताव र वडा नं. ६ का अध्यक्ष दानसिंह ऐरले कार्यालयको वार्षिक कार्यक्रम सम्बन्धमा प्रस्ताव पेश गरेका थिए। यी सबै प्रस्ताव नगरसभाले पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु