धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ९३ करोडको बजेट

छिनोफानो   आइतबार १०, असार २०८० ०२:१३

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ९३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ। नगर सभाको दशौं अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्ष २०८०/८१ का एक अर्ब ९३ करोड ८ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

यो चालु आर्थिक वर्षको भन्दा १० करोडले धेरै हो। चाुल आर्थिक वर्षमा १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको थियो। उपप्रमुख रानाले चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार र पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजना गरिएको उनले बताइन्।

उपमहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८ रुपैयाँ, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३२ लाख १२ हजार र सरी आएको १२ करोड ५० लाख रकमलाई आयतर्फ विनियोजन गरेको छ।

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु