कञ्चनपुरको शुक्लाफाँटामा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने

छिनोफानो   शनिबार १६, असार २०८० १२:०३

कञ्चनपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । कञ्चनपुरको  शुक्लाफाँटा नगरपालिकाको वडा नं. ११ स्थित अमरपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको हो । 

अमरपुरमा करिब ३ विघामा १ सय शैयाको अस्पताल निर्माण हुनेछ । उक्त क्षेत्रमा अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाई सकेको प्रादेशिक आयुर्वेदक निर्देशनालयले जनाएको छ ।  

अस्पतालको डीपिआरलगायतको काम गर्न आयुर्वेद विभागले ३ करोड बजेट विनियोजन गरेको प्रादेशिक आयुर्वेदक निर्देशनालय कैलालीका निमित्त निर्देशक सूर्य उपाध्यायले बताएका छन् ।

दुई वर्ष अगाडी सरकारले ७ वटै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने निणर्य गरेको थियो । सुदूरपश्चिममा शुक्लाफाँटा आयुर्वेदिक अस्पताल जग्गा प्राप्त नहुँदा निर्माणमा ढिलाइँ भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु