किन तरंगित बन्यो कमलबजार नगरपालिका,यस्तो रहेछ भित्री कारण

छिनोफानो   सोमबार २२, पुष २०८१ १२:४४

पवन भण्डारी,धनगढी । कमलबजार नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा लोक बहादुर शाहीलाई जिम्मेवारी दिइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका चक्र बहादुर विष्टले आफूले प्रचलित कानुन अनुसार काम गर्न असहज भएको भन्दै आफू भन्दा सिनियर राजपत्राङ्कित दितिय श्रेणिको ब्याक्तीलाई खटाई आफ्नो जिम्मेवारी परिवर्तन गरिदिन भन्दै निवेदन दिएका थिए । 

गत भाद्र २ गते विष्टले मन्त्रालयमा निवेदन दर्ता गरे पनि मन्त्रालयले पुस १६ गते लोक बहादुर शाहीलाई निमित्तको जिम्मेवारी दिँदै बिष्टको जिम्मेवारी हेरफेर गरेको हो । विष्टले मन्त्रालयमा पेस गरेको निवेदनमा आफूलाई कानुन सम्बद्ध रूपमा काम गर्न अठ्ब्यरो भएको भन्ने खुलाएको भएपनी अन्य कुरा उल्लेख गरेका छैनन् ।

बिष्टको जिम्मेवारी हेरफेर निवेदनमा नगर प्रमुख र उप प्रमुखले काम गर्न अठ्ब्यारो पारेको भन्ने सङ्केत गरेका छन । 

आफूले कानुन सम्बद्ध रूपमा काम गर्दा नेतृत्व तहले नदिएको सङ्केत गर्दै उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आफ्नो जिम्मेवारीको हेरफेर गरिदिन भन्दै पत्राचार गरेका थिए ।

नगरपालिकामा प्रचलित कानुनी मापदण्ड अनुरूप कार्य गर्न कठिनाइ भएको र असहज परिस्थितिको सामना गर्नुपरेको भन्दै  विष्टले भदौ २ गते नै मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरेका थिए । 

विष्ट नगरपालिकाको निमित्त प्रमुखको रूपमा रहेकै बेला मन्त्रालयले सोही नगरपालिकामा कार्यरत लोक बहादुर शाहीलाई निमित्तको जिम्मेवारी दिएपछि नगरपालिकामा केही हलचल पैदा भएको हो ।  

विष्ट भन्दा कनिष्ठलाई निमित्तको जिम्मेवारी दिएपछि अहिले  कमलबजार नगरपालिकामा तरंग पैदा भइरहेको छ । कमलबजार नगरपालिकाका प्रबत्ता सत्यराज तिमिल्सेनाले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले कार्यपालिकाले गरेका निर्णयलाई समेत नमान्दा यस्तो समस्या आएको बताए । नगरपालिका भित्र रहेका कर्मचारीहरूले २०७९ सालको तलब नपाएको भन्दै कार्यपालिकाको बैठकले तलब खुवाउने र नयाँ कर्मचारी भर्ना गर्ने निर्णय गरेको थियो । तर विष्टले पटक पटक सो कुरा गर्छु भन्दै काम नगरेकोले वडा अध्यक्षहरू सँग सामान्य बोलाबोल भएपछि एक्कासि विष्टले आफू काम गर्न नसक्ने भन्दै मन्त्रालयमा निवेदन दिएको बताए ।

नयाँ कर्मचारी समेत भर्ना गर्न नमान्ने पुराना कर्मचारीहरूको तलब समेत दिन नखोज्ने तर पटक पटक कार्यपालिका लाई निर्णय गर्नुस् भन्दै ठग्ने काम गर्दा केही सामान्य विवाद भएको बताए । तर विष्टलाई राजीनामा गर्न या जिम्मेवारी बाहिर जान कसैले दबाब नदिएको प्रवक्ता तिमिल्सेनाको भनाई छ । 

नगरपालिका नगरप्रमुख  यज्ञ राज ढकालले यो बिषयमा आफूलाई धेरै जानकारी नरहेको बताए । उनले विष्टले कानुन सम्बद्ध नै काम गरिरहनु भएको थियो । एक दिन अचानक मलाई जिम्मेवारी हेरफेर गर्नु पर्‍यो भन्दै निवेदन आयो मैले च्यातिदिएको हु । उनले वडा अध्यक्ष र उपप्रमुख सँग भनाभन भएको भन्दै आफूलाई जानकारी गराएको भए पनि वास्तविक रूपमा के भएको हो भन्ने कुरा आफूलाई थप जानकारी नभएको बताए । या बिषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट र उप प्रमुख विष्ट सँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु