धनगढीबाट लागुऔषधसहित २ जना युवक पक्राउ

छिनोफानो   शनिबार १६, असार २०८० १२:५०

धनगढीबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलमा लागुऔषधसहित धनगढी-९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका २२ वर्षीय विशेष योगीले चलाएको सु.प.प्र.०१००८ प११०९ नम्बरको मोटरसाइकल संकालागि चेकजाँच गर्दा मोटरसाइकलको भाईजरमा २ ग्राम ५०० मिलि ग्राम लागुऔषध लुकाई राखेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीलले जनाएको छ ।
लागुऔषध फेला पर्नासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल मोटरसाइकलसहित दुबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु