कैलालीको मोहन्यालमा जनप्रतिनिधिमाथि कुटपिट ः४ जना पक्राउ

छिनोफानो   शनिबार १६, असार २०८० ०१:००

कैलालीको मोहन्याल गाँउपालिकाका जनप्रतिनिधिमाथि कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद उत्पन्न भएपछि स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका हुन् ।

स्थानीयले गरेको आक्रमणबाट मोहन्याल गाँउपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायको हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका छन् । 

जनप्रतिनिधिमाथि कुटपिट गर्ने उक्त ४ जना स्थानीयलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जनाएको छ । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु