कञ्चनपुरमा २ लाख बढीका भन्सार छलीका सामानसहित दुई जना पक्राउ

छिनोफानो   शनिबार १६, असार २०८० ०२:०८

कञ्चनपुरमा दुई लाख बढीका भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट भन्सार छलीका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले गड्डाचौकीस्थित विद्युत कार्यालय अगाडि साडी, धोती, साइकल गरी १५ हजार मूल्य बराबरका भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै, गड्डाचौकीमा भारतबाट भन्सार छलीका कपडा, चिनीलगायत १ लाख ८८ हजार ३ सय मूल्य बराबरका सामानसहित १/१ मोटरसाइकल र स्कुटर पनि बरामद गरिएको छ । 
उक्त भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका दुबैजनालाई उक्त सामानसहित भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु