कैलालीमा अनसनरत अपांगता द्धारा मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

छिनोफानो   शनिबार १६, असार २०८० ०४:३६

कैलालीमा अनसनरत रहेका अपांगता भएका व्यक्तिहरुले सुुुुुुुुुुुुुुुुुुुुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन गरेका छन् । प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउदै उनीहरुले अर्धनग्न प्रर्दशन सहित १० मिनेट चक्काजाम गरेका हुन ।    

प्रदेश सरकारले अपांगता समावेशी बजेट विनियोजन नगरेको विरोधमा उनीहरु पाँच दिनदेखी रिले अनसन बस्दै आएका छन् । रिले अनसन बसेको पाँचौ दिन बितीसक्दा समेत आफुहरुको माग सम्बोधन नभएपछि मुख्यमन्त्री कार्यालय अगाडी अर्धनग्न भएर प्रर्दशन गर्नुपर्ने बाध्यता सृजना भएको राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साँउदले बताए । अध्यक्ष साँउदका अनुसार उनीहरुको माग सम्बोधनमा सरोकारवाला केवल मुकदर्शक झै बनेको छ । 

सुदुरपश्चिम प्रदेशमा २०६८ को गणनाअनुसार ६७ हजार ८ सय ३२ जना अपांगता भएका व्यक्तिहरु थिए भने २०७८ को गणना अनुसार ७० हजार भन्दाबढी रहेका छन् । हाल आफ्ना हक र अधिकारहरु हनन भएको भन्दै उनीहरु आन्दोलित बनेका छन् । 

सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको २०८०-८१ मा अपांगता भएकाहरुका लागी बजेट समायोजन नगरिएको भन्दै उनीहरु असार १२ गतेदेखी अनसनरत रहेकोमा लगातार १८ गते सम्म जारी रहने महासंघले जनाएको छ । महासंघका अनुसार शान्तीपूणर् ढङ्गबाट आफुहरुका माग सम्बोधन नभएमा चरमबद्ध रुपमा अन्दोलन चर्किने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु