लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर हुदै

छिनोफानो   मङ्गलबार २६, असार २०८० ११:४०

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर २९ असारबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिइसकेको छ ।

दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । 

१०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । यता २९ असारदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको २७ र २८ असारमा सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु