राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण विषय : मेटमणि चौधरी

छिनोफानो   शुक्रबार २२, असोज २०७८ ०२:४५

नेकपा एकीकृत समाजवादीमा शुरुदेखि नै मन्त्रीको चर्चामा रहेका दाङबाट निर्वाचित सांसद मेटमणि चौधरी अन्तिममा आएर बञ्चित भएका छन् । एमालेमा रहँदा केपी ओलीसँगको द्वन्द्वमा बलियो साथ दिएका उनलाई एकीकृत समाजवादीले यो पटक मन्त्री नबनाउने पक्का भएको छ ।

यस्तो अवस्थामा उनले को मन्त्री बन्ने, को नबन्ने मुख्य कुरा नभएको बताएका छन् । चौधरीले आफू मन्त्री नहुँदैमा नेतृत्वलाई अनावश्यक दबाब पनि नदिने बताएका छन् । ‘को मन्त्री बन्नु भयो रु को मन्त्री हुनु भएन रु मुख्य बिषय होइन । मुख्य बिषय प्रणाली जोगिएको छ’, उनले भनेका छन्, ‘संवैधानिक सर्वोच्चता कायम भएको छ, कानुनी राज्यको स्थापना भएको छ । जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो छ । त्यसमा प्रतिनिधि सभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ । तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण बिषय बन्न जान्छ ।’

उनले मन्त्री हुने कुरोमा सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्ने पनि बताएका छन् । ‘कहिलेकाहीं त्यो कम्बिनेसन नमिल्न पनि सक्छ । आजको परिस्थिति यही नै हो’, उनले भनेका छन्, ‘हामी कठिन मोडमा छौं । यो घडीमा सबैमा धैर्यधारणको जरूरी छ । यसैले निर्णय गर्नुहुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरी छैन ।’

उनले पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी रहेको पनि बताएका छन् । ‘पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइलाई स्पेश दिनु जरूरी देखिँदैन’, उनले भनेका छन्, ‘नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानको लागि पहल गरौं । यसबीचमा मप्रति धेरै साथीहरूले साहनुभूति राख्नु भएको महसुस मैले गरेको छु । सबै महानुभावहरूप्रति हार्दिक नमन गर्न चाहन्छु ।’नँया पेजबाट साभार

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु