अपरान्ह मन्त्रीहरुको शपथ

छिनोफानो   शुक्रबार २२, असोज २०७८ ०२:५८

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) अपरान्ह मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४/४ मन्त्री पाउने छन् भने कांग्रेस बाहेक सबैले मन्त्रीको टुङ्गो लगाइसकेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले आजै मन्त्रीहरुको शपथ हुने जानकारी आएको बताए । सो पार्टीबाट श्रेष्ठको नेतृत्वमा सरकारमा जाने निर्णय भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु