बैंक र बीमा कम्पनीले हिजो एकैदिन तिरे ११ अर्ब कर, आजसम्म तिर्नेलाई ब्याज छुट

  शनिबार ३०, मङि्सर २०८० ०८:३०

काठमाण्डाै - बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हिजो एकैदिन ११ अर्बभन्दा धेरै कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार हिजो झण्डै ३० वटा कम्पनीले कर तिरेका छन् ।

सर्वोच्च अदालतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम बैंक र बीमा कम्पनीहरुले कर तिरेका हुन् । यसअघि आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमा कम्पनीहरुले दायर गरेको रिट सर्वाेच्चको संवैधानिक इजलासले खारेज गरेको थियो ।

मङ्सिर मसान्त अर्थात् आजसम्म कर तिरेमा करमा लाग्ने जरिबाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । यसैअनुसार आज शनिवार पनि कर कार्यालयहरु र राजस्व सङ्कलन गर्ने काउन्टर खुला रहनेछन् । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु