सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घट्याे

छिनोफानो   आइतबार ०१, पुष २०८० ११:१२

काठमाण्डाै - सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु