हत्या आशंका गरिएका सञ्चालक शाहीको होटलमै लडेर ज्यान गएको पुष्टि

छिनोफानो   आइतबार ३१, असोज २०७८ ११:४९

जुम्ला – जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालकमध्येका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ । गएकाे असोज २७ गते बेलुकी ९ बजेर ४८ मिनेटमा होटल भित्र जान खोजिएको, गेट बन्द भएको तर गेट नखुलेपछि नाघेर माथि जान खोज्दा लडेर घाइते भइ ज्यान गएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सीसीटीभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लडेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट ज्यान गएको बताउनुभयो । दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातलका वर्ष ४५ का शाही होटल सञ्चालक र पारिश्रमिक समेत लिने गर्नुहुन्थ्यो ।

दशैँको नजिकै होटल अगाडि मृत अवस्थामा देखिएपछि हत्या आशंका गरिएको थियो ।​ सीसीटीभीको फुटेजहरु देखाएपछि आफन्तले पनि दुर्घटना रहेछ भन्ने स्विकारेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम गरि शव टीकाको दिनमा स्वीकारेको जानकारी दिनुभयो ।

यो घटनापछि प्रहरी नायव उपरीक्षक थापाले जुम्ला सदरमुकाम सहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो । यसले घटना कम हुने र घटना भइहाले पनि अनुसन्धानमा सजिलो हुने उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु